नक्कली नम्बर प्लेट प्रयोग गरिएका दुई सवारी साधन नियन्त्रणमा

हिमाल प्रेस ११ माघ २०८२ १४:०९ | Sunday, January 25, 2026
14
SHARES
नक्कली नम्बर प्लेट प्रयोग गरिएका दुई सवारी साधन नियन्त्रणमा

इटहरी- आवश्यक कागजातबिना नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिएका दुई वटा चार पाङ्ग्रे सवारी साधनलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले विशेष सूचनाको आधारमा सवारी चेकजाँचका क्रममा धरान उपमहानगरपालिका वडा नम्बर १७ बाट बा ८ च ९५१९ नम्बरको सिल्भर रङको हुन्डाई कम्पनीको कार तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ बाट मे १ च ३८४६ नम्बरको सेतो रङको महेन्द्रा कम्पनीको बोलेरो गाडी नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा ती सवारी साधनको सवारी नम्बर, इन्जिन नम्बर र चेचिस नम्बर यातायात व्यवस्था कार्यालयको अभिलेखमा फेला नपरेको प्रहरीले जनाएको छ।

आवश्यक कागजात नभएको र सवारी साधनका पहिचान नम्बरहरू परिवर्तन गरी कानुन विपरीत सञ्चालन गरिएको पुष्टि भएपछि नियन्त्रणमा लिइएका दुवै सवारी साधनलाई कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतु बन्ध कोशी ब्यारेजमा बुझाइएको छ।

प्रकाशित: ११ माघ २०८२ १४:०९ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast