मोटरसाइकल चोरी अभियोगमा तीन बालक पक्राउ

हिमाल प्रेस १३ माघ २०८२ १२:४५ | Tuesday, January 27, 2026
6
SHARES
मोटरसाइकल चोरी अभियोगमा तीन बालक पक्राउ

पोखरा- पोखरामा मोटरसाइकल चोरी गरेको अभियोगमा तीन जना बालकहरू पक्राउ परेका छन्।

पोखरा-३०, मुसीटुँडा निवासी सीताराम श्रेष्ठले आफ्नो पसल अगाडि पार्किङ गरेको ग ६ प ६६२४ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको भनी प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

गत माघ १० गते दिउँसो ३ बजेको उक्त घटनामा सिसिटिभी फुटेज आधारमा प्रहरीले अनुसन्धान गर्दा तीन जना बालकहरूले लगेको खुल्न आएको थियो।

प्रहरीले चोरीको भोलिपल्ट तनहुँको आँबुखैरेनी २, गणेशटोलस्थित पृथ्वी राजमार्गबाट उनीहरूलाई सो मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

कानुनको विवादमा परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनुहँको सहकार्यमा चोरीसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रकाशित: १३ माघ २०८२ १२:४५ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast