यी हुन् थापाको सभापतित्वमा बसेको कांग्रेस बैठकले गरेका पाँच निर्णय

हिमाल प्रेस ९ माघ २०८२ १७:३७
28
SHARES
यी हुन् थापाको सभापतित्वमा बसेको कांग्रेस बैठकले गरेका पाँच निर्णय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठक। तस्बिर : रासस

काठमाडौँ- गगन थापा सभापतिमा चयन भएपछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले विभिन्न पाँच निर्णय गरेको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा बसेको बैठकले पाँचवटा निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जनाएका छन्।

यी हुन् बैठकका निर्णय

सभापति गगनकुमार थापा पार्टीका तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवार :  २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीका तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए। उपसभापति पुष्पा भुसालको गरेको समर्थनलाई कार्यसमितिको बैठकले सर्वसम्मत पारित गरेको हो।

केन्द्रीय प्रचार प्रसार समिति गठन :  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने निर्णय भएको छ।

केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन :  नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय भएको चालिसेले बताए।

उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान :  माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यसम्पादन समिति गठन गरिने  : 

बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast