रास्वपामा अब चार उपसभापति र दुई महामन्त्री

हिमाल प्रेस २० पुष २०८२ १७:१०
66
SHARES
रास्वपामा अब चार उपसभापति र दुई महामन्त्री रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ। आज (आइतबार) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको बैठकले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ जना थप्ने निर्णय गरेको हो।

पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारीको संख्या थप गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाको अहिलेको विधानमा तीन जना उपसभापति र एक जना महामन्त्री राख्ने प्रावधान छ। यो निर्णयसँगै चार जना उपसभापति र दुई जना महामन्त्री हुनेछन्।

प्रकाशित: २० पुष २०८२ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast