कांग्रेस-एमालेसँग गठबन्धन हुँदैन, रवि-बालेनको पार्टीसँग डराएको छैन : प्रचण्ड

हिमाल प्रेस २२ पुष २०८२ १९:४२
16
SHARES
कांग्रेस-एमालेसँग गठबन्धन हुँदैन, रवि-बालेनको पार्टीसँग डराएको छैन : प्रचण्ड फाइल तस्बिर

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी आम निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नहुने बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन्।

साथै रवि लामिछानेलाई आफूले अप्ठेरो अवस्थामा पनि साथ दिएको र आफ्नै मन्त्रिपरिषद्मा दुई पटक गृहमन्त्री बनाएको भन्दै प्रचण्डले रवि–बालेनबीचको गठबन्धनबाट डराउनुपर्ने अवस्था नरहेको बताए। प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकतासभाका लागि भारत भएको तर औपचारिक भेटघाट नभएको धारणा राखे।

यस्तै उनले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गरेका छन्। राष्ट्रियसभामा तीन वटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गर्दै उनले आफ्नो दलको मतभार अनुसार सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे।

प्रकाशित: २२ पुष २०८२ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast