कांग्रेस फुट्दा निर्वाचनलाई असर पर्दैन : प्रचण्ड

हिमाल प्रेस २ माघ २०८२ १५:२० | Friday, January 16, 2026
6
SHARES
कांग्रेस फुट्दा निर्वाचनलाई असर पर्दैन : प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन्।

शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन्।

निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु कसैको लागि राम्रो नभएको उनको भनाइ छ। प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोगलगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे।

सबै पार्टीहरू निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन उनले आग्रह गरे। प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट वितरण सुरु गरिसकेको बताए।

प्रकाशित: २ माघ २०८२ १५:२० | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast