लौरो अभियानले भन्यो – बालेनले लौरो चुनाव चिह्नलाई हतियारको रूपमा प्रयोग गरे

हिमाल प्रेस २४ पुष २०८२ १७:५६
16
SHARES
लौरो अभियानले भन्यो – बालेनले लौरो चुनाव चिह्नलाई हतियारको रूपमा प्रयोग गरे

काठमाडौँ- लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिह्नका रुपमा प्रयोग नगर्न माग गरेको छ।

उनीहरुले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेका हुन्।

स्वतन्त्र चुनाव चिह्न लौरोलाई काठमाडौँ महानगर प्रमुख बालेन साहले राजनीतिक बार्गेनिङको हतियारका रुपमा प्रयोग गरेको देखिएको उनीहरुको आरोप छ।

रास्वपमा प्रवेश गरेसँगै लौरो चुनाव चिह्न बालेनको हुन नसक्ने भएकाले उक्त चुनाव चिह्न स्वतन्त्र समूहलाई सम्मानजनक रुपमा फिर्ता गर्न माग गरिएको लौरो अभियानका डम्बर साहुले बताए।

उनले लौरो चुनाव चिह्न स्वतन्त्रहरुको प्रतीकमात्र नभई आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिरसमेत भएको उल्लेख गरे।

उनीहरुले लौरो अभियान वा लौरो चुनाव चिह्नलाई व्यक्तिवादी कब्जा र सौदाबाजीबाट मुक्त राख्न कुनै पनि मूल्य चूकाउन तयार रहेको धारणा राखेका छन्।

एक साताभित्र उक्त चुनाव चिह्न फिर्ता नभए बालेन साहको घर÷कार्यालयको गेटमा नै विरोध तथा धर्नाका कार्यक्रम गर्ने उनीहरुले जनाएका छन्।

प्रकाशित: २४ पुष २०८२ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast