गगन-विश्वलाई कारबाही गर्ने निर्णय विशेष महाधिवेशनले गर्‍यो खारेज

हिमाल प्रेस ३० पुष २०८२ १७:४९ | Wednesday, January 14, 2026
32
SHARES
गगन-विश्वलाई कारबाही गर्ने निर्णय विशेष महाधिवेशनले गर्‍यो खारेज

काठमाडौँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ।

बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो।

कारबाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्कासन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए। उनले केही दिनअघि विशेष महाधिवेशन सुरु हुँदै सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए।

उनले कांग्रेस पार्टी आफूहरूको भएकाले कसैले यसमा दाबी गर्न नसक्ने स्पष्ट पारे। पार्टीको विधानअनुसार नै आफूहरू चलिरहेको भन्दै कारबाहीको निर्णयका कारण विचलित नहुने नेता तथा कार्यकर्तालाई आग्रह गरे।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरे पनि पार्टीलाई अघि बढाउने काम अब विशेष महाधिवेशनको हलले गर्ने बताए। उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे। उनले पार्टीका बारेमा कुनै अन्यौलता नरहन आग्रह गरे।

त्यस्तै कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए। उनले अब पार्टी र देशको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने उल्लेख गरे।

प्रकाशित: ३० पुष २०८२ १७:४९ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast