बिना मतदान चुनियो कांग्रेस कार्यसमिति

हिमाल प्रेस १ माघ २०८२ ७:०८ | Thursday, January 15, 2026
14
SHARES
बिना मतदान चुनियो कांग्रेस कार्यसमिति सभापति गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- गगनकुमार थापा नेतृत्वमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमित चयन भएको छ। मध्यराति उनीसहित पदाधिकारी र केन्द्रीय सदस्य समेत सर्वसम्मत टुंग्याइएको थियो। कार्यसमिति गठनमा मतदान गर्नै परेन।

नेताहरूका अनुसार सुरुवातमा उम्मेदवार छनोट गरियो त्यसपछि मात्र मनोनयन गरियो। यही कारण मतदान बिनै समिति गठन भएको हो।

विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भए। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्। खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर चयन भएका छन्। थारूतर्फको सहमहामन्त्रीमा योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

थापा सभापति भएपनि समग्र पार्टीको सहयोगमा उनी बनेका होइनन्। संस्थापन शेरबहादुर देउवा समूहले उनीहरूका नेतालाई कारबाही गरेको छ। थापासहितका नेतालाई कारबाही गरेपछि मात्र नयाँ समिति गठन भएको हो। समग्रमा कांग्रेस विभाजित भएको छ। देउवा पक्षले भने विशेष महाधिवेशन पक्ष आधिकारिक नभई आफूहरूले गरेको निर्णय कानुन सम्वत भएको दाबी गरेको छ।

प्रकाशित: १ माघ २०८२ ७:०८ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast