काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) माघ लागेयताकै कम देखिएको छ। मौसम पूर्वानुमान माहशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो।
आजको आधिकारिक तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ। हिजो मंगलबार सुरुवाती मापनमा ४.५ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि घटेर ४.४ डिग्री सेल्सियस कामय भएको थियो।
प्रकाशित: ७ माघ २०८२ ६:३०
प्रतिक्रिया



