घोषणा पत्रको गृहकार्यमा ओली, बादलको अगुवाइमा बनेको छ टिम

हिमाल प्रेस १५ माघ २०८२ ६:४४ | Thursday, January 29, 2026
54
SHARES
घोषणा पत्रको गृहकार्यमा ओली, बादलको अगुवाइमा बनेको छ टिम

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव संकलन गरिरहेको छ। पार्टीले आसन्न फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका लागि पार्टी संगठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव मागिरहेको एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए।

‘हाल हामी जनवर्गीय संगठनलगायत धेरैजसो क्षेत्रबाट आएका सुझावलाई समेटेर घोषणा पत्र लेखनको काम गरिरहेका छौँ’, उनले भने, ‘केही छुटेका क्षेत्रबाट सुझाव सङ्कलन गरेर हामीले घोषणा पत्रको अन्तिम मस्यौदा बनाउने छौँ ।’ प्रचार संयोजक शाहीका अनुसार सबै क्षेत्रबाट दुई–तीनपटक सुझाव सङ्कलन गरिसकेको छ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।

प्रकाशित: १५ माघ २०८२ ६:४४ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast