काठमाडौँ- नेकपा एमाले प्युठानले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता सूर्य थापाको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको जिल्ला कमिटी बैठकले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेता थापाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका थापा २०७९ को निर्वाचनमा प्युठानबाट निर्वाचित भएका थिए। उनले गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गरेका थिए।
प्रकाशित: २२ पुष २०८२ ८:२८
प्रतिक्रिया



