ओलीको अभिव्यक्तिमा सुरेन्द्र पाण्डेको असन्तुष्टि, भने : यतिबेला मनाेबल घटाउने बेला होइन

हिमाल प्रेस १० माघ २०८२ ८:४६ | Saturday, January 24, 2026
18
SHARES
ओलीको अभिव्यक्तिमा सुरेन्द्र पाण्डेको असन्तुष्टि, भने : यतिबेला मनाेबल घटाउने बेला होइन नेकपा (एमाले) का पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे

काठमाडौँ- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन्। केही दिनअघि ओलीले दिएको अन्तर्वार्तामा हार्ने देखेपछि टिकट नदिएको विषयमा पाण्डेले घुमाउरो तरिकाले असन्तुष्टि जनाएका छन्। उनले यतिबेला नेतृत्वले कार्यकर्ताको मनोवल घटाउने काम गर्न नहुने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेको सन्देशमा भनिएको छ, ‘अहिले कार्यकर्ताको मनोबल घटाउने बेला होइन, सबैलाई जोडेर ऊर्जा प्रदान गर्नु पर्छ ।’ उनले आफू एमालेका उम्मेदवारहरुलाई जिताउन मैदान खटिएको बताएका छन् ।

नेता पाण्डेलेआफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता भएको बताएका छन् ।

उनले भनेका छन्, ‘टिकट वितरणको ‘क्याल्कुलेसन’ लाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्‍यौँ, तर एमालेलाई जिताउने हाम्रो साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन । तसर्थ, टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु।’

प्रकाशित: १० माघ २०८२ ८:४६ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast