देउवा पक्षको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

हिमाल प्रेस ६ माघ २०८२ १८:१८ | Tuesday, January 20, 2026
20
SHARES
देउवा पक्षको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई मान्यता दिने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज (मंगलबार) न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए। अदालतले केही प्रश्नको निरूपण हुन जरूरी रहेको भन्दै अन्तरिम आदेश दिन नमानेको हो। अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश भने दिएको छ। साथै रिटलाई अग्राधिकार दिने निर्णय गरिएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिएको थियो। त्यसपछि देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको भन्दै कार्यसमिति भंग गर्नुपर्ने माग गर्दै रिट दायर गरेको थियो।

प्रकाशित: ६ माघ २०८२ १८:१८ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast