काठमाडौँ- मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारले दलित तथा सीमान्तकृत समुदायले मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारको गत मंसिर १६ गतेको निर्णयअनुसार आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए।
मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ माघ पूर्णिमा का दिन रविदास जयन्ती मनाउने गर्दछन्।

प्रकाशित: १५ माघ २०८२ १५:४८
प्रतिक्रिया



