नेकपामा समायोजन भयो सुमन सायमीको समूह

हिमाल प्रेस ३० पुष २०८२ १५:३८ | Wednesday, January 14, 2026
18
SHARES
नेकपामा समायोजन भयो सुमन सायमीको समूह

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा र सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको हो।

पार्टी समायोजनका क्रममा दुईपक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सहमतिपत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र सुमन सायमीले हस्ताक्षर गरेका छन्।

दुईपक्षबीच शासकीय स्वरुप निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको छ।

त्यस्तै गैरन्यायिक सडक र खोला मापदण्ड समस्या समाधानसम्बन्धी सहमति पनि दुईपक्षबीच भएको छ। साथै सहकारी पीडित समाधानसम्बन्धी विभिन्न बुँदामा सहमति भएको छ।

सहमतिपत्रको कार्यान्वयनका लागि आवश्यक समन्वय निर्माण गर्न सडक, संसद् र सरकार तीनै तहबाट राजनीतिक संघर्ष सञ्चालन गर्न प्रतिबद्ध रहेको सहमतिपत्रमा उल्लेख छ।

प्रकाशित: ३० पुष २०८२ १५:३८ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast