इलाम २ बाट सुहाङ नेम्वाङको एकल नाम सिफारिस

हिमाल प्रेस १९ पुष २०८२ १७:२८
20
SHARES
इलाम २ बाट सुहाङ नेम्वाङको एकल नाम सिफारिस फाइल तस्बिर

काठमाडौँ– नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङको नाम सिफारिस गरेको छ।

एमाले जिल्ला कमिटी इलामको शनिबार बसेको बैठकले एमाले केन्द्रीय सदस्यसमेत रहेका नेम्वाङलाई सर्बसम्मत रुपमा एकल सिफारिस गरेको हो।

नेम्वाङ गत १५ वैशाख २०८१ मा भएको उपनिर्वाचनमा विजयी भएका थिए। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका थिए। सुहाङ २७ हजार ७७२ मतसहित विजयी भएका थिए। कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाएका थिए।

प्रकाशित: १९ पुष २०८२ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast