विशेष महाधिवेशन पक्षधरले गठन गर्‍यो १८ समिति, भृकुटीमण्डपमा भोलि डेस्क स्थापना हुने

हिमाल प्रेस २२ पुष २०८२ १७:४५ | Tuesday, January 6, 2026
62
SHARES
विशेष महाधिवेशन पक्षधरले गठन गर्‍यो १८ समिति, भृकुटीमण्डपमा भोलि डेस्क स्थापना हुने

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न विभिन्न समिति गठन गरेको जनाएको छ।

विशेष महाधिवेशन पक्षधरले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन व्यवस्थित गर्नका लागि विभिन्न १८ वटा समिति गठन गरिएको जनाएको हो।

राजनीतिकदेखि विभिन्न तयारी समिति गठन गरिएको विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु शिवाकोटीले जानकारी दिए।

उनले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको र आवासको सुविधा प्रदान गरिएको बताए।

विशेष महाधिवेशनमा आउन चाहने प्रतिनिधिहरूलाई अवरोधको प्रयास भएको उनले बताए। उनले विधानअनुसार नै विशेष महाधिवेशन हुन लागेको भन्दै यसमा समर्थन गर्न आग्रह गरे।

उनले बुधबारदेखि भृकुटीमण्डपमा डेस्क स्थापना गरेर काम सुरु गर्ने उल्लेख गरे। शिवाकोटीले पार्टी कार्यालयमा विशेष महाधिवेशनको माग गर्दै भएका प्रदर्शन स्वभाविक भएको तर्क गरे।

प्रकाशित: २२ पुष २०८२ १७:४५ | Tuesday, January 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast