सोनाम ल्होसारले समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्छ : राष्ट्रियसभाका अध्यक्ष

हिमाल प्रेस ५ माघ २०८२ ६:३८ | Monday, January 19, 2026
8
SHARES
सोनाम ल्होसारले समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्छ : राष्ट्रियसभाका अध्यक्ष

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ, प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।’

तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने सोनाम ल्होसार पर्वले समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्दै उनले यस पर्वले सबै जातजातिका समुदायबिच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने आशा व्यक्त गरेका छन् ।

प्रकाशित: ५ माघ २०८२ ६:३८ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast