देशभरका हिमाली जिल्लामा हिमपात, जनजीवन कष्टकर (तस्बिरहरू)

हिमाल प्रेस १४ माघ २०८२ १६:२९ | Wednesday, January 28, 2026
2
SHARE
देशभरका हिमाली जिल्लामा हिमपात, जनजीवन कष्टकर (तस्बिरहरू)

काठमाडौँ- मौसममा आएको परिवर्तनसँगै देशका विभिन्न हिमाली जिल्लामा हिमपात सुरु भएको छ। रसुवा, गोरखा, बैतडी, डोल्पा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, बझाङ, म्याग्दीलगायतका हिमाली जिल्लामा भारी हिमपात भइरहेको छ।

हिमपातका कारण दैनिक जनजीवन कष्टकर बनेको छ। हिमपातसँगै चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिकामा स्वास्थ्य समस्या देखिन सक्ने भन्दै रसुवा जिल्ला अस्पतालले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.अमितकुमार शाहले न्यानो लुगा लगाइदिने, तातो तथा पोषिलो झोलिलो खानेकुरा खुवाउने र धुवाँरहित न्यानो स्थानमा राख्न सुझाव दिए।

यसैबीच, हल्का वर्षासहितको हिमपातले जमिनमा चिस्यान बढ्ने भएकाले हिउँदे बाली र कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने किसान याकबहादुर लिम्बू बताउँछन्।

तस्बिरहरू

 

सबै तस्बिरहरू रासस

प्रकाशित: १४ माघ २०८२ १६:२९ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast