काठमाडौँ- निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार, सार्वजनिक पदाधिकारी र विभिन्न संघ संस्थालाई स्पष्टीकरण सोधेको छ।आयोगले नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ।
बस्नेतले उम्मेदवारी दर्ता गर्दा बाजा बजाउने मानिसहरूको टाउकोमा पैसा सिउँरिदिएको भिडिओका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो। उनलाई तीन दिन भित्र जबाफ दिन भनिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि आयोगले स्पष्टीकरण सोध्ने भएको छ।
निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई स्पष्टीकरण सोध्न लागिएको हो।
प्रकाशित: १२ माघ २०८२ १३:१३ | Monday, January 26, 2026
प्रतिक्रिया





