विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित

हिमाल प्रेस १४ माघ २०८२ १७:०८
6
SHARES
विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित

काठमाडौँ- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले आयरल्यान्डमाथि जित निकालेको छ।

आज त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा सम्पन्न सुपरसिक्स चरणको पहिलो खेलमा स्कटल्यान्डले जित निकालेको हो।

आयरल्यान्डमाथि ३९ रनको जित हात पार्दै स्कटल्यान्डले खेल आफ्नो हातमा पारेको हो।

सुरुमा टस हारेर फिल्डिङको निम्तो पाएको स्कटल्यान्डले पाँच विकेटको क्षतिमा १६० रन बनाएको थियो।

स्कटल्यान्डकी सारा ब्राइसले ४७ रन जोडिन् भने क्याथरिन ब्राइसले २३ बलमा ३० रनको योगदान दिएकी हुन्।

जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाउन सक्यो।

आयरल्यान्डलाई लक्ष्य भेट्टाउनबाट रोक्ने क्रममा स्कटल्यान्डकी क्याथरिनले चार विकेट लिएकी थिइन्।

प्रकाशित: १४ माघ २०८२ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast