रुकुम पूर्व : जनयुद्धमा बाआमा गुमाएका सन्दीप चुनावी मैदानमा, प्रचण्डसँग भिड्ने तयारी

हिमाल प्रेस २६ पुष २०८२ ८:५८ | Saturday, January 10, 2026
384
SHARES
रुकुम पूर्व : जनयुद्धमा बाआमा गुमाएका सन्दीप चुनावी मैदानमा, प्रचण्डसँग भिड्ने तयारी

काठमाडौँ- प्रतिनिधिसभाको फागुन २१ को निर्वाचनमा रुकुम पूर्वबाट सहिदपुत्र सन्दिप पुन उम्मेदवार बन्दैछन्। प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट चुनाव लड्न लागेका उनी द्वन्द्वकालीन माओवादी नेता सुर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का पुत्र हुन्।

सुन्दर र वृक्षाले द्वन्द्वकालमै सहादत प्राप्त गरेका थिए। सहिदपुत्र सन्दीप भने यसपटक बाआमाको लिगेसी बोकर मैदान उत्रदैछन्। रोचक कुरा के छ भने, यसपटक नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं सशस्त्र द्वन्द्वका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि रुकुम पूर्वबाट चुनाव लड्ने चर्चा चलिरहेको छ।

निर्वाचनपिच्छे चुनावी मैदान फेर्ने प्रचण्ड यसपटक रुकुम पूर्वबाट पनि चुनाव लड्न चाहेको नेताहरूको भनाइ छ। सन्दीप भने प्रचण्डसँगै भए पनि आफू चुनाव लड्ने बताउने गरेका छन्। ‘प्रतिस्पर्धी जो भए पनि डराउन्न। म मैदानमा निस्किए।’ सन्दीप भन्छन्।

जनयुद्धको ऐतिहासिक आधारभूमि मानिने रुकुममा यसपटक यही प्रतिस्पर्धाले रोचक बन्ने अनुमान गरिएको छ। प्रलोपा नेता भरत महतारा भने यसपटक प्रचण्ड रुकुम पूर्व आउने–नआउने अन्योलमा रहेको बताउँछन्। ‘रुकुम पूर्वबाट प्रचण्डको हार निश्चित छ। यहाँ आउनु हुन्न होला।’ महतारा भन्छन्। रुकुम पूर्वबाट २०७९ को चुनावमा तत्कालीन माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका थिए।

तत्कालीन ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मगरको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लसँग भएको थियो। रुकुम पूर्वमा एउटा मात्र निर्वाचन क्षेत्र छ।

प्रकाशित: २६ पुष २०८२ ८:५८ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast