रास्वपा बैठक: पार्टी समायोजन र निर्वाचन केन्द्रित दुई उपसमिति गठन

हिमाल प्रेस २० पुष २०८२ १६:१७
22
SHARES
रास्वपा बैठक: पार्टी समायोजन र निर्वाचन केन्द्रित दुई उपसमिति गठन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा बसिरहेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरिएको छ। उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।

त्यस्तै पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्‍याउन महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरिएको छ।

दुवै उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए।

यसअघि बैठकले विवेकशील साझाबाट समायोजन भई आएका सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो। मनोनीत हुनेमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्।

प्रकाशित: २० पुष २०८२ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast