रास्वपाको एकता घोषणा सभा आज

हिमाल प्रेस २१ पुष २०८२ ८:२३ | Monday, January 5, 2026
2
SHARE
रास्वपाको एकता घोषणा सभा आज पुस १४ गते रास्वपासँग एकीकरणको सहमति भएपछि रास्वपाका नेता गणेश पराजुली, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो पार्टीका कुलमान घिसिङ र रास्वपाका सभापति रवि लामिछाने। कुलमान शनिबार रास्वपाबाट बाहिरिएका छन्।

काठमाडौँ– काठमाडौँका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ ।

रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको थियो ।

पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

आइतबार बसेको बैठकले पार्टीमा आएकाहरुको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।

प्रकाशित: २१ पुष २०८२ ८:२३ | Monday, January 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast