काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट ज्वाला नेपाललाई राप्रपाले उम्मेदवार बनाउने टुंगो लगाएको हो।
उनको नाम एकल सिफारिस भएर केन्द्रमा आएको थियो । सोही अनुसार, नाम टुंगो लगाएको राप्रपाका एक नेताले जानकारी दिए ।
सूर्योदय नगरपालिका–८ घर भएकी नेपाल हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन् । २०७९ को निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेत विजयी भएका थिए ।
प्रकाशित: २६ पुष २०८२ ११:१०
प्रतिक्रिया



