रेशम चौधरी
काठमाडौँ- आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशमलाल चौधरीले सर्वोच्च अदालतमा रिट दिएका छन् । आफ्नो उम्मेदवारी कायम हुनुपर्ने तथा निर्वाचन अधिकृतको निर्णय खारेज हुनुपर्ने मागसहित उनले दायर गरेको रिट सर्वोच्चमा दर्ता समेत भइसकेको छ ।
चौधरीको रिट दर्ता भइसकेको र पर्सि माघ ११ गते आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवराज भारतीले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।
प्रकाशित: १० माघ २०८२ ६:५८
प्रतिक्रिया



