रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना

हिमाल प्रेस १३ माघ २०८२ १९:४९ | Tuesday, January 27, 2026
48
SHARES
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। उनको देब्रे खुट्टामा लागेको सामान्य चोट बढेर छालाको भित्री तहमा संक्रमण भएकाले अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार माघ ५ गते जनकपुरमा भएको कार्यक्रममा खुट्टामा सामान्य चोट लागेको थियो। उनको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ।

‘चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ,’ लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले फेसबुकमा लेखेका छन्, ‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ।’

साथै उनले अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर पर्ने र अस्पताल प्रशासनलाई हुन सक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिन पनि अनुरोध गरेका छन्।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पार्टीको कार्यक्रममा सक्रिय भइरहेका बेला सभापति लामिछाने कुनै सार्वजनिक कार्यक्रममा नदेखिनुलाई चासोको रूपमा हेरिएको थियो।

प्रकाशित: १३ माघ २०८२ १९:४९ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast