उम्मेद्वार टुंग्याउँदै रास्वपा

हिमाल प्रेस ४ माघ २०८२ ८:३४
16
SHARES
उम्मेद्वार टुंग्याउँदै रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार चयनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

आज दिउँसो २ बजे बैठक बोलाइएको पर्टी प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाउने सम्बन्धमा छलफल हुने उनले बताए।

रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न इच्छुक पार्टी सदस्यलाई आवेदन शुल्क २५ हजार रुपैयाँ तोक्दै आवेदन दिन आह्वान गरेको थियो।

रास्वपाले काठमाडौं महानगरपालिका मेयर बालेन शाह पक्षलाई समेटेर उम्मेदवारको सूची बनाउनेछ।

कुलमान घिसिङको उज्याले नेपाल पार्टी एकता भएको १२ दिनमै एकताबाट अलग भएपछि बालेनसंगै एकतामा आएहरुलाई समेटेर उम्मेदवारको टुंगो लगाउने भएको हो।

प्रकाशित: ४ माघ २०८२ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast