चुनावको मुखमा राजेन्द्र महतोलाई धक्का, १३ नेताले छाडे साथ

हिमाल प्रेस १२ माघ २०८२ ६:२८ | Monday, January 26, 2026
30
SHARES
चुनावको मुखमा राजेन्द्र महतोलाई धक्का, १३ नेताले छाडे साथ राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो।

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव संजय कुमार चौधरीसहित १३ नेताले पार्टी परित्यागको घोषणा गरेका छन्। धनुषा जिल्ला कार्यसमितिका ९ जनाले पनि पार्टी छोडेका छन्।

संयुक्त विज्ञप्ति जारी गरी उनीहरूले नयाँ यात्राबारे केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी दिएका छन् । राजीनामा घोषणा गर्नेहरूमा केन्द्रीय सचिव संजय कुमार चौधरी, केन्द्रीय अनुशासन विभाग अध्यक्ष तथा केन्द्रीय सदस्य संजय कुमार सिंह, केन्द्रीय सदस्यहरू विजय कुमार राय, अशोक ठाकुर, रामचन्द्र साह, नितु यादव पासवान, संजय गडिया, राष्ट्रिय परिषद् सदस्यहरु राजु चौधरी, राजाराम कापर, विजय नायक, समानुपातिक उम्मेदवार पुनम यादव, गुलो देवी पासमान र सरगुन पासमान रहेका छन्।

धनुषा कार्यसमितिका उपाध्यक्ष शंकरकुमार पासवान, विरेन्द्र पासवान, सचिव जीवनकुमार यादव, सहसचिव धन्जित मण्डल, सदस्यहरु प्रकाश ठाकुर, मनोज राउत, हुकुम साह, युवा नेता मुकेश कुमार गडेरी, अजय कापर सहितकाले राजीनामा दिएका हुन्।

प्रकाशित: १२ माघ २०८२ ६:२८ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast