दुर्गा प्रसाईं । फाइल तस्बिर
काठमाडौँ- दुर्गा प्रसाईसँग प्रधानमन्त्री सुशीला कार्कीले पुनः वार्ता गर्ने भएकी छन्। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंसँग माघ २ गते द्विपक्षीय वार्ता हुने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईलाई वार्ताको समय तोकिएको जानकारी सहित पत्राचार गरेका हुन्।
यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग प्रसाईले ३ पटक वार्ता गरिसकेका छन् । प्रसाईले आगामी फागुन १ गतेदेखि आन्दोलन गर्ने बताउँदै आएका छन्।
प्रकाशित: ३० पुष २०८२ ७:०५
प्रतिक्रिया



