काठमाडौँ- नेकपा एमाले गुल्मीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ। एमाले जिल्ला कमिटीले ज्ञवालीको नाम सर्वसहमति टुंग्याएर पठाएको हो।
ज्ञवाली यसअघि पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए। ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका थिए। यसपटक पनि ज्ञवाली-भण्डारी प्रतिस्पर्धा हुने सम्भावना छ। आगामी फागुनका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ।
प्रकाशित: २० पुष २०८२ ९:४०
प्रतिक्रिया



