रास्वपाप्रति इंगित गर्दै शंकर पोखरेलले भने : पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पारे

हिमाल प्रेस १३ माघ २०८२ १०:४३ | Tuesday, January 27, 2026
12
SHARES
रास्वपाप्रति इंगित गर्दै शंकर पोखरेलले भने : पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पारे

काठमाडौँ-  नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुस्मन ठान्ने बताएका छन्।

उनले दुवै मिल्दा राज्य कमजोर हुने र नागरिक विभाजित हुने तर्क गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार बिहान ‘आजको देशभक्तिको विषय’ भन्दै नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने,तथ्य र भावनालाई छुट्याउनुपर्ने तथा असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्ने बताएका हुन्।

‘राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो,संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो,सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो’, महासचिव पोखरेलले भनेका छन्,‘समस्या राजनीतिक अस्थिरतामा छ । सामाजिक अराजकतामा छ ।’

विश्वव्यापी रूपमा नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय निकै संवेदनशील बनेको छ।

प्रकाशित: १३ माघ २०८२ १०:४३ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast