काठमाडौँ- आजै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी निर्वाचन क्षेत्र-१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोग म्याग्दीमा हाजिर भई आवश्यक प्रक्रिया पूरा गरेर मनोनयन दर्ता गराएको उनले जानकारी दिए।
‘बिहान १०ः०५ बजे निर्वाचन आयोग म्याग्दीमा हाजिर भइयो। १०:४५ बजे स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन पत्र बुझियो। उम्मेदवारको नाम दर्ता गर्ने कुरामा ७७ वटै जिल्लामा पहिलो भइयो की क्या हो,’ उनले भने।
पुनको स्वतन्त्र उम्मेदवारीलाई लिएर म्याग्दीमा राजनीतिक चासो बढेको छ।
प्रकाशित: ६ माघ २०८२ १२:३४ | Tuesday, January 20, 2026
प्रतिक्रिया





