ओलीले भने : भत्काउने दिनको अन्त्य गर्दै सपनाको रोपाइँ आजबाट सुरु हुन्छ

हिमाल प्रेस ६ माघ २०८२ ९:४१ | Tuesday, January 20, 2026
10
SHARES
ओलीले भने : भत्काउने दिनको अन्त्य गर्दै सपनाको रोपाइँ आजबाट सुरु हुन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजकाे दिन विशेष दिन भएको उल्लेख गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको दिनलाई संकेत गर्दै उनले भने– ‘हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ।’

ओलीले थप भनेका छन्– ‘हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। ‘

ओलीले आज झापा ५ बाट एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

प्रकाशित: ६ माघ २०८२ ९:४१ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast