पूर्वमन्त्री यादवको नेतृत्वमा निधिको चुनाव परिचालन अभियान

हिमाल प्रेस १२ माघ २०८२ २०:५८
206
SHARES
पूर्वमन्त्री यादवको नेतृत्वमा निधिको चुनाव परिचालन अभियान

जनकपुरधाम- नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर ३ ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार समिति गठन गरेको छ। प्रदेशसभा सदस्य एवं पूर्वप्रदेशमन्त्री रामसरोज यादवको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको हो।

कांग्रेसले धनुषा–३ बाट पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिलाई उम्मेदवार बनाएको छ।

क्षेत्र नम्बर ३ का सभापति धिरेन्द्रकुमार निधिले सोमबार नगराईनमा बसेको क्षेत्रीय समितिको विस्तारित बैठकले प्रदेशसभा सदस्य यादवको संयोजकत्वमा ५ हजार १८४ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको जानकारी दिए।

उनका अनुसार बैठकमा सहभागीहरूले संयोजकका लागि प्रस्ताव गरेको यादवको नाम सर्वसम्मतले स्वीकृत भएको थियो। क्षेत्रीय समितिको विस्तारित बैठकमा पार्टीका उम्मेदवार निधिको समेत उपस्थिति रहेको थियो।

यादवले चुनावको नतिजा आफ्नो पक्षमा ल्याउन सबैलाई एकजुट भएर चुनावी अभियानमा जुट्न आपिल गरे। उनले कांग्रेसका सबै कार्यकर्ता एकताका साथ खटिए कसैले पनि पराजित गर्न नसक्ने जिकिर गरे।

प्रचार प्रसार समितका संयोजक चयन भएका नेता यादव धनुषा कांग्रेसका पूर्वसभापतिसमेत हुन्। उनी क्षेत्र नम्बर ३ (१) बाट लगातार दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

२०७४ सालको निर्वाचनमा निर्वाचित भएर प्रदेशसभा पुगेका यादव कांग्रेस प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री बनेका थिए। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ र ग्रामीण भेगका २१ गरी ३८ वडा समावेश छन्।

प्रकाशित: १२ माघ २०८२ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast