निकोलस भुसाल रूपन्देही २ बाट उम्मेदवार

हिमाल प्रेस ७ माघ २०८२ १३:०७ | Wednesday, January 21, 2026
10
SHARES
निकोलस भुसाल रूपन्देही २ बाट उम्मेदवार

काठमाडौँ- डा. निकोलस भुसालले रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। रुपन्देही निर्वाचन क्षेत्र नं। २ बाट उनले उम्मेदवारी दर्ता गरेको बताए।

मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको भुसालले बताए।

जुत्ता चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका भुसालले राजनीतिक दलहरूले युवाहरूका समस्या समाधान नगर्ने भएकोले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताए।

जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग, प्रदेश खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेकाहरूले पनि मतदान गर्न पाउनेजस्ता माग राखेका छन्।

प्रकाशित: ७ माघ २०८२ १३:०७ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast