‘नेपालको शान, मुम्बईको मैदान’ क्याम्पेन: वानखेडेमा नेपालको खेल हेर्ने अवसर

हिमाल प्रेस २४ पुष २०८२ १५:१९
‘नेपालको शान, मुम्बईको मैदान’  क्याम्पेन: वानखेडेमा नेपालको खेल हेर्ने अवसर

काठमाडौँ- टीसीएल नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्ने उपभोक्ता क्याम्पेनका पहिलो चरणका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको उत्साहसँग जोड्ने उद्देश्यसहित टीसीएल नेपालले देशभर सञ्चालन गरेको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पहिलो चरणका विजेता धनगढी निवासी पुस्कर अवस्थी हुन्। उनले टीसीएलको आधिकारिक बिक्रेता सुभेक्षा ट्रेड एण्ड सप्लायर्सबाट टीसीएल एयर कन्डिसनर खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपालले व्यहोर्ने जनाएको छ।

टीसीएल नेपालले यस क्याम्पेनमार्फत आफ्ना उपभोक्तालाई केवल इलेक्ट्रोनिक उत्पादन मात्र नभई विश्वस्तरीय क्रिकेट अनुभव र अविस्मरणीय यात्रा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। मुम्बईमै आयोजना हुने नेपाल टोलीका खेलहरूले नेपाली क्रिकेटप्रेमीका लागि यो अवसर अझ विशेष बनेको कम्पनीको भनाइ छ।

क्याम्पेनमा सहभागी हुन टीसीएलका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी एसएमएसमार्फत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ। सीमित अवधिका लागि लागू गरिएको यस योजनामा अझै पनि विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जनाएको छ।

कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट टीसीएलका उत्पादन खरिद गरी समयमै क्याम्पेनमा सहभागी हुन आग्रह गरेको छ। जति चाँडो सहभागिता जनाइन्छ त्यति नै छिटो र बढी विश्वकपअन्तर्गत मुम्बई यात्रा तथा खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त हुने सम्भावना बढ्ने टीसीएल नेपालको भनाइ छ।

टीसीएल नेपालका अनुसार यस क्याम्पेनले ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद अनुभवसँग जोड्ने अपेक्षा गरिएको छ। क्याम्पेनमा कम्पनीका सर्त तथा नियमहरू लागू हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast