सिंहदरबारबाट सुरु गरियो राष्ट्रियसभा बैठक

हिमाल प्रेस ४ माघ २०८२ १५:५५ | Sunday, January 18, 2026
12
SHARES
सिंहदरबारबाट सुरु गरियो राष्ट्रियसभा बैठक

काठमाडौँ- राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारबाट सुरु भएको छ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा आइतबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरेका थिए।

त्यस्तै उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए भने लोकतन्त्रका लागि योगदान पुर्‍याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण समेत गरिएको थियो।

बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ। २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो।

उनी २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रियसभामा निर्वाचत भएका थिए। राष्ट्रियसभाको अर्को बैठक यही माघ ९ गते शुक्रबार बोलाइएको छ।

प्रकाशित: ४ माघ २०८२ १५:५५ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast