मिलन लिम्बूले फिर्ता लिए समानुपातिक सूचीबाट नाम फिर्ता, प्रत्यक्ष पनि चुनाव नलड्ने सम्भावना

हिमाल प्रेस २२ पुष २०८२ ७:१४
10
SHARES
मिलन लिम्बूले फिर्ता लिए समानुपातिक सूचीबाट नाम फिर्ता, प्रत्यक्ष पनि चुनाव नलड्ने सम्भावना

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराएका छन्। लिम्बूको नाम आदिबासी जनजाति क्लस्टरको ६ नम्बरमा थियो ।

पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार समानुपातिकतर्फ उम्मेदवारी दिएको भन्दै एकताबाट आएकाहरूलाई व्यवस्थापन नेतृत्वको बाध्यतालाई बुझेर नाम फिर्ता लिएको उनको भनाइ छ ।

इलाम २ को उपचुनावमा लिम्बू रास्वपाबाट उठाएका छन्। त्यहाँ एमालेका सुहाङ नेम्वाङले जित हात पारेका छन्। उनले प्रत्यक्ष चुनाव पनि नलड्ने योजना बनाएका छन्। उनी निकट स्रोतका अनुसार यसपटक चुनाव नलड्ने र चुनावभर अन्य उम्मेदवारलाई सहयोग गर्ने योजना बनाएका छन्।

प्रकाशित: २२ पुष २०८२ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast