बालेनले राजीनामा दिएपछि सार्वजनिक कुर्सी हटाएको अपवाहपछि बोल्यो महानगर

हिमाल प्रेस १२ माघ २०८२ ६:५८ | Monday, January 26, 2026
32
SHARES
बालेनले राजीनामा दिएपछि सार्वजनिक कुर्सी हटाएको अपवाहपछि बोल्यो महानगर

काठमाडौँ- बालेन शाहले काठमाडौँ महानगरपालिकाबाट राजीनामा दिएपछि सडकका सार्वजनिक कुर्सी हटाएको आरोप लाग्दै आएको छ। सडक किनारा, पार्क, नदीको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी बालेनले राखेपनि पछिल्लो ताका हटाउँदै गरेको दृश्य देखिदै आएको छ। यसबारे महानगरले प्रष्टीकरण दिएको छ। महानगरले कुर्सी हटाइएको नभई व्यवस्थापनको काम थालेको जनाएको छ।

महानगरले विज्ञप्तिमार्फत भनेको छ, ‘यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरुपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइनेछ । सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई भन्छन्, ‘उमेर समूह, शारीरिक अवस्था जस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ । यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरुपता कायम गराउन साटफेर हुन सक्छ ।’

महानगरका अनुसार सिंहदरबार भद्रकाली सडक खण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरु मर्मत थालिएको छ । यस ठाउँमा २ प्रकारका कुर्सी थिए । यीमध्ये पुराना बेञ्च मर्मतसम्भार र रंगरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख राईले जानकारी दिए । यसअघि राखिएका ठाउँबाट कुर्सी यताउता सार्ने गरिएको थियो । यसलाई पनि व्यवस्थापन गर्ने गरी काम गरिने उनको भनाइ छ ।

महानगरपालिकाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन् । यसमध्ये पनि आयोजनाले प्राथमिकता दिएको छ।

२०८१ साल असोजमा महिनामा सहरका विभिन्न ठाउँमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो । यी कुर्सीहरु १ दशमलव ५ मिटर लम्बाइ र आधा मिटर चौडाइका छन् । यी सार्वजनिक खरिद प्रक्रियाबाट हरेक कुर्सी करसहित हरेक कुर्सीको मूल्य १८ हजार ६५५ रुपियाँ परेको छ । यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडक खण्डअन्तर्गत पैदल मार्गमा ११ वटा कुर्सी राखिएका हुन्। यसबाहेक बागमती र बागमती नदीका करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचनलगायतका ठाउँमा राखिएका थिए ।

प्रकाशित: १२ माघ २०८२ ६:५८ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast