मौसम विभाग भन्छ : उच्च पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना छ

हिमाल प्रेस ३ माघ २०८२ ६:१९ | Saturday, January 17, 2026
10
SHARES
मौसम विभाग भन्छ : उच्च पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना छ

काठमाडौँ- हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: ३ माघ २०८२ ६:१९ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast