गगन नेतृत्वको कांग्रेस आधिकारिक भएपछि महेशको आक्रोश, गोकुलको बधाई

हिमाल प्रेस ३ माघ २०८२ ७:०१ | Saturday, January 17, 2026
20
SHARES
गगन नेतृत्वको कांग्रेस आधिकारिक भएपछि महेशको आक्रोश, गोकुलको बधाई

काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता दिएपछि एमाले नेताहरूको फरकफरक प्रतिक्रिया आएको छ।

एमाले सचिव महेश बस्नेतले आक्रोश पोखेका छन्। उनले थापा नेतृत्वको कांग्रेसलाई वैधता दिनु नांगो विदेशी हस्तक्षेप भनेका छन्। तर नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले बधाइ दिएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई बधाइ दिएका हुन्।

‘गगन–विश्वलाई बधाइ छ। राजनीतिक निर्णयले कानुनी वैधता पायो,’ उनले लेखेका छन्, ‘तर चुनौती सर्वोच्चमा त जान्छ नै होला। र, सडक शान्त भए चुनाव हुन्छ होला।’ उनले कांग्रेसलाई जनताको प्रिय पार्टीमा रूपान्तरण गर्न सुझाएका पनि छन्।

प्रकाशित: ३ माघ २०८२ ७:०१ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast