बालेनलाई महेश बस्नेतको जबाफ : स्कुले पोसाकमै नाबालकलाई पठाउनु ‘सुनियोजित हत्या’ हो

हिमाल प्रेस १२ माघ २०८२ ७:२५ | Monday, January 26, 2026
8
SHARES
बालेनलाई महेश बस्नेतको जबाफ : स्कुले पोसाकमै नाबालकलाई पठाउनु ‘सुनियोजित हत्या’ हो

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले स्कुले पोसाकमै नाबालकलाई निषेधित क्षेत्रमा पठाएर गरिने गतिविधिलाई आन्दोलन भन्न नमिल्ने टिप्पणी गरेका छन्। उनले यस्तो कार्यलाई ‘सुनियोजित हत्या’को संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले ‘नयाँ राजनीति’को नारा दिने समूहहरूमाथि कडा आरोप लगाएका छन्। उनले बालबालिकालाई राजनीतिक स्वार्थका लागि अगाडि सारेर जोखिमपूर्ण क्षेत्रमा पठाइनु गम्भीर अपराध भएको बताएका छन्।

भदौ २३ गते बालबालिकालाई स्कुल पोसाकमा संसद् भवनमा आक्रमण गर्न पठाएर सुनियोजित हत्याको योजना बनाइएको भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन साह प्रति लक्षित गरेका छन् । ‘स्कुले पोसाकमै नाबालकलाई निषेधित क्षेत्रमा पठाउनु आन्दोलन होइन, यो सुनियोजित हत्या हो,’ उनले लेखेका छन्, ‘नयाँ राजनीति’को नारा दिनेहरू पीडित होइनन्, बाल मृत्युका योजनाकार र निर्देशक हुन्’, बालेन प्रति लक्षित गर्दै उनले लेखेका छन्।

सचिव बस्नेतले राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकाको जीवनसँग खेलवाड गर्नु अमानवीय र निन्दनीय कार्य भएको उल्लेख गरेका छन्। उनले यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा पनि जोड दिएका छन्।

प्रकाशित: १२ माघ २०८२ ७:२५ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast