दुई महिना पछि बस्दैछ लुम्बिनी प्रदेशसभा बैठक

हिमाल प्रेस १३ माघ २०८२ ९:५४ | Tuesday, January 27, 2026
10
SHARES
दुई महिना पछि बस्दैछ लुम्बिनी प्रदेशसभा बैठक

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठक आज (माघ १३) बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने तय छ। बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी गराउने सम्भावित कार्यसूची छ।

प्रदेशसभा सदस्यले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिनेछ।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नेछन्। सैद्धान्तिक छलफलमा गरिएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

सातौँ अधिवेशनको पहिलो बैठक गएको मंसिर ८ गते बसेको थियो । त्यसको दुई महिनाभन्दा बढी समयपछि दोस्रो बैठक बस्न लागेको हो।

प्रकाशित: १३ माघ २०८२ ९:५४ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast