रास्वपा-उज्यालो एकतालाई कुलमानले दिए ‘नराम्रो दुर्घटना’को संज्ञा

हिमाल प्रेस १४ माघ २०८२ ८:११ | Wednesday, January 28, 2026
6
SHARES
रास्वपा-उज्यालो एकतालाई कुलमानले दिए ‘नराम्रो दुर्घटना’को संज्ञा

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता दुर्घटना भएको बताएका छन्। उनले मंगलबार एक कार्यक्रममा बोल्दै १२ दिन पार्टी दुर्घटनामा परेको बताएका हुन्।

मंगलवार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताए।

रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उनले अहिले तन्द्रुस्त भएर निस्किएको बताए।

प्रकाशित: १४ माघ २०८२ ८:११ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast