नयाँ भूमिकाका लागि तयार छु : रेनु दाहाल

हिमाल प्रेस ५ माघ २०८२ १५:४३ | Monday, January 19, 2026
18
SHARES
नयाँ भूमिकाका लागि तयार छु : रेनु दाहाल फाइल तस्बिर

काठमाडौँ- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिकामा रहे पनि जनताको सेवामा क्रियाशिल हुने बताएकी छन्।

प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारी गरेकी दाहालले सोमबार चितवनमा सञ्चारकर्मीसँगको छलफलका क्रममा करिब दुई कार्यकालको मेयरको भूमिकापछि आफू नयाँ भूमिकाका लागि तयार भएको भन्दै जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशिल हुने बताएकी हुनु।

मेयरका हैसियतमा आफूले भरतपुरमा धेरै काम गर्न सफल भएको उनले बताइन्। दाहालले चितवनका लागि जान्नेलाई भन्दा पनि काम गर्नेलाई जनताले छान्नुपर्नेमा जोड दिइन्।

उनले देशको परिस्थितिका कारण ८४ को निर्वाचन ८२ मा हुन लागेको भन्दै राजनीतिमार्फत जनताको सेवा गर्न अघि बढ्न खोजेको धारणा राखिन्। उनले चूनावमा प्रतिष्पर्धा गर्न डर मान्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारिन्।

प्रकाशित: ५ माघ २०८२ १५:४३ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast