प्रतिनिधिसभा सदस्य निर्वाचन : धनुषा-३ बाट जुलीकुमारी महतो नाम एकल सिफारिस

हिमाल प्रेस २० पुष २०८२ ६:५१
8
SHARES
प्रतिनिधिसभा सदस्य निर्वाचन : धनुषा-३ बाट जुलीकुमारी महतो नाम एकल सिफारिस

काठमाडौँ-  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री जुलीकुमारी महतोको नाम एकल रूपमा सिफारिस गरेको छ ।

शनिबार बसेको नेकपा एमाले धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटी बैठकले महतोको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । महतो २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

नेकपा एमाले धनुषा जिल्ला अध्यक्ष भोला यादवले धनुषा क्षेत्र नम्बर २, ३ र ४ का उम्मेदवार टुङ्गो लागिसकेको जानकारी दिँदै क्षेत्र नम्बर १ को उम्मेदवार आइतबारसम्म टुङ्गो लाग्ने बताए । आम निर्वाचन आगामी फागुन २१ मा तोकिएको छ।

प्रकाशित: २० पुष २०८२ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast