उम्मेदवार हुन बन्चित भएका गोकुल बाँस्कोटा भन्छन् : पूर्वाग्रह र प्रतिशोध राजनीति होइन

हिमाल प्रेस १० माघ २०८२ १२:०७ | Saturday, January 24, 2026
24
SHARES
उम्मेदवार हुन बन्चित भएका गोकुल बाँस्कोटा भन्छन् : पूर्वाग्रह र प्रतिशोध राजनीति होइन

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको स्पष्ट पार्दै सत्य, कर्तव्य र जिम्मेवारीप्रति आफू दृढ रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले सत्यको मूल्यांकन आफ्नै आग्रहअनुसार गरिनु नहुने उल्लेख गरेका छन्। उनले सत्य जाँच्ने कि आफ्नै आग्रहअनुसार व्याख्या गर्ने, परिस्थितिमा आगो छादनु कि बरफ वर्षाउन् भन्ने विषय आफ्नो सरोकारको विषय नभएको बताएका छन्।

नेता बाँस्कोटाले आफ्नो धर्म, कर्तव्य र दायित्वलाई कहिल्यै नबिर्सने उल्लेख गर्दै राजनीतिक जीवनमा पूर्वाग्रह र प्रतिशोधको स्थान नहुने धारणा व्यक्त गरेका छन्। उनले जननेता मदन भण्डारीको ‘पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन’ भन्ने भनाइलाई आफ्नो राजनीतिक आदर्शका रूपमा आत्मसात् गरेको पनि उल्लेख गरेका छन्।

उनी बाँस्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको दाबेदार थिए। तर ओलीले उनलाई टिकट नै दिएनन्। पछिल्लो समय ओलीले बाँस्कोटाले कार्यकर्तामा फाटो ल्याएको आरोप लगाउने गरेका छन्।

प्रकाशित: १० माघ २०८२ १२:०७ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast