जेनजी अभियन्ता भावना राउत भन्छिन् : गगन-विश्वको प्रयास देशकै राजनीतिक संस्कारका लागि नयाँ सुरुवात

हिमाल प्रेस २८ पुष २०८२ ८:२२
8
SHARES
जेनजी अभियन्ता भावना राउत भन्छिन् : गगन-विश्वको प्रयास देशकै राजनीतिक संस्कारका लागि नयाँ सुरुवात

काठमाडौँ- जेनजी अभियन्ता भावना राउतले नेपाली कांग्रेसको विशेष महाधिवेशन देशकै राजनीतिक संस्कारका लागि नयाँ सुरुवात भएको दाबी गरेकी छन्। उनले पछिल्लो गतिविधिलाई ‘विद्रोह नभई’ ‘आन्तरिक जवाफदेहिता’को संज्ञा दिएकी हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र सुध्रिनु देशकै लोकतान्त्रिक स्वास्थ्यका लागि अनिवार्य रहेको बताएकी हुन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको धारलाई समर्थन गर्दै राउतले लेखेकी छन्, ‘पार्टीभित्र प्रश्न उठाउनु, नेतृत्वलाई उत्तरदायी बनाउनु र असहमतिको सम्मान गर्नु अनुशासनहीनता होइन, यो त लोकतान्त्रिक दलको न्यूनतम मापदण्ड हो। लोकतन्त्र बाहिर भाषणमा होइन, भित्र अभ्यासमा देखिनुपर्छ।’

उनले कांग्रेसजस्तो ठूलो दलले आफ्नै संरचनाभित्र लोकतान्त्रिक अभ्यास गर्न नसके देशको लोकतन्त्र नै कमजोर हुने तर्क गरेकी छन्। नेतृत्वले आलोचनात्मक आवाजलाई दबाउन शक्ति प्रयोग गर्दा परिवर्तनको आवश्यकता झन् प्रस्ट हुने उनको जिकिर छ।

कांग्रेसको विशेष महाधिवेशनको आइतबारको घटनाक्रमलाई अन्तिम जित मान्न हतार हुने भए पनि यसलाई एउटा सकारात्मक संकेतका रूपमा लिनुपर्ने राउतको भनाइ छ। कसैले संस्थाभित्रै उभिएर बोल्ने राजनीतिक साहस देखाउनुले देशकै राजनीतिक संस्कारका लागि नयाँ सुरुवात हुनसक्ने आशा उनले व्यक्त गरेकी छन्।

प्रकाशित: २८ पुष २०८२ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast